म पार्टी फुटको विपक्षमा छु – मुख्यमन्त्री शाक्य

लोकपथ
221
Shares

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा(एमाले) नेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको बताएकी छन् ।

एमाले नुवाकोटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीका रुपमा अघि बढाउनुपर्ने बताईन् । “पार्टीका पहिलो भएका केही बेमेल, भिन्नतालाई छाडेर अघि बढ्नुपर्छ । गुटबन्दीभन्दा माथि उठेर संस्थागतरूपमा पार्टीलाई बलियो बनाउन सबै सक्रिय हुनुपर्छ”, मुख्यमन्त्री शाक्यले भनिन् ।

एमालेको उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री शाक्यले माधव नेपाललाई पार्टी फुटाउन नहुने सल्लाह दिएको र नेपाल लगायतले फुटाएर अघि बढेपछि साथ छाडेको पनि बताइन् । उनले नेकपा (एकिकृत समाजवादी) निकै कमजोर पार्टी हुने समेत दाबी गरिन् ।

मुख्यमन्त्री शाक्यले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेकाले सबै नेता कार्यकर्तालाई जिम्मेवार ढङ्गले सक्रिय हुन पनि निर्देशन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?