काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
उनको स्वास्थ्यमा केही दिनदेखि समस्या देखिएको थियो । ज्वरो र खोकीको समस्या देखिएका कारण त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह अनुसार अस्पताल भर्ना गरिएको सचिवालयले बताएको छ । उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेका छन् ।
स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा हुने भेटघाट बन्द गरिएको उनको सचिवालयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया