काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले संसदमा जारी राखेको अवरोध अन्त्यको लागि छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बिहीवार बिहान १० बजे बस्नेगरी बोलाएका हुन् ।
बैठकमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा प्रतिपक्षी दलहरु नेकपा(एमाले), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपाको सहभागिता हुनेछ ।
प्रधानमन्त्री देउवाले संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग कानुन मन्त्रीमार्फत् पनि निरन्तर सम्वाद गरिरहेका छन् । यस अघि सभामुखले सर्वदलीय बैठक आह्वान गरेको भएपनि एमालले बहिष्कार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया