राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन् ।

बुधबार राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेकी हुन् ।

संसदको दुबै सदको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका दुवै विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघीय संसदको दुवै सदनबाट प्राप्त दुवै विधेयक मंगलबार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरी राष्ट्रपतिकोमा पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?