काठमाडौं । सरकारले आन्तरिक हवाई उडान क्षेत्रमा देखा परेको समस्या तथा चुनौतीबारे छानविन गर्न समिति गठन गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको बैठकले नागरिक उड्डयन प्राधिकरणका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा ५ सदस्यीय छानविन समितिको गठन गरेको हो ।
त्यसैगरी छानबिन समितिको सदस्यहरूमा प्राधिकरणकै पूर्व निर्देशक भेषराज सुवेदी, बरिष्ठ क्याप्टेन कृष्ण बहादुर पौडेल क्षेत्री, पर्यटन मन्त्रालयका सि.ए.टि.सि.अ. प्रमोद नेपाल र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा रहेका छन् ।
मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सो बारेमा जानकारी गराएको छ ।
उक्त समितिले नेपालको आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने, नेपालमा दर्ता भएका हवाइजहाज÷हेलिकोप्टरहरुको भौतिक, यान्त्रिक र अभिलेखिय अवस्थाको अध्ययन अवलोकन गरी प्रत्येक वायुयानसहितको सबै वायुयानको सम्परिक्षण गर्ने लगायतका कामहरु गर्ने मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया