अर्थमन्त्री शर्माले थाले भुक्तानी बाँकी रहेका कोरोना बीमाबारे छलफल

लोकपथ
112
Shares

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा छलफल थालेका छन्।

बुधवार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् ।

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन्।

विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?