पार्टीको मौलिक सिद्धान्त बचाइराख्न नेतृत्व परिवर्तन आवश्यक छ : नेता सिंह

लोकपथ
133
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको मौलिक सिद्धान्त बचाई राख्न नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौंको कोटेश्वरमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाई राख्न नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका हुन्। अरु क्षेत्रमा जस्तै निश्चित समय पछि रिटारमेनल राजनीतिमा हुनु पर्ने मा त्यसो नभएको भन्दै आर्यघाट पुग्दा सम्म पद नछाड्ने नेता हरुको कार्यशैलीले जनतामा निराशा छाएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले बहुदल आएपछि सबै पार्टीभित्र निश्चित नेता हरुले कब्जा जमाएकाले परिवर्तनको आभास हुन नसकेको प्रति कडा आपीत्त व्यक्त पार्टी सभापति लगायत वरिष्ठ आराम गर्न समेत बताएका छन् ।

‘नेपाली कांग्रेस सधै जनताका लागी काम गर्दै आईरहेको छ । तर वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधीहरु गरिरहेका छन् । यसले पार्टीको मौलिक सिद्धान्तलाई असर पारेको छ ।’ नेता सिंहले भने ‘पार्टी प्रति जनताको भरोसा र विश्वास जोइराख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’

अघिल्लो निर्वाचनले पनि पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेको पुष्टि गरेको उनको भनाई छ ।

उनले वर्तमान नेतृत्वलाई जनताले विश्वास गर्न छाडेको दाबी गरे। उनले आगामी महाधिवेशनमा कसैको प्रलोभनमा नपर्न समेत कार्यकर्तालाई आग्रह गरे। पार्टीलाई संस्थागत गर्ने सक्षम नेतृत्व आवश्य रहेको उनको भनाई छ ।
साथै नेता सिंहले पार्टी नेतृत्वले आगामी महाधिवेशन अलोकतान्त्रिक तबरले गर्ने प्रयास गरेको भन्दै आफुहरुले त्यसो हुन नदिने बताए।

पदमा जानको लागी तिव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृतीले पार्टीलाई अप्ठ्यारोमा उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?