माओवादीको राष्ट्रिय सम्मेलनमा १२ सय प्रतिनिधि सहभागी हुने

लोकपथ
91
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा १२ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।

बुधबार बसेको स्थायी कमिटी बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी हुने आकलन गरेको हो । यद्यपि संख्यामा थोरै घट बढी हुनसक्ने स्थायी कमिटी बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

स्थायी कमिटी बैठकले एक व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको छ । बैठकले संगठनलाई अझ व्यवस्थित पार्न संगठन विभागबाट आएको सुझावका बारेमा छलफल गरेको ती नेताले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?