काठमाडौं । प्रहरीको सक्रियताले कुनै पनि क्षेत्रको शान्ति सुरक्षा कायम हुन्छ ।
कतिपय ठाउँमा प्रहरीको सक्रियताले नै त्यस क्षेत्रको शान्ति सुरक्षा मात्रै नभइ त्यस क्षेत्रमा सुधार समेत हुने गरेको छ ।
प्रहरीको सक्रियताकै कारण समाजमा धेरै सुधारका कामहरु भएको उदाहरणहरु प्रशस्त छन् ।
काठमाडौं जस्तो अव्यस्थित शहरमा त प्रहरीको सक्रियता बिना भिडभाड नियन्त्रण, पार्किङको व्यवस्थापन र विभिन्न नियमहरु लागू हुन कठिन पर्दछ । आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने काठमाडौंको बौद्ध क्षेत्रमा प्रहरीको सक्रियताका कारण व्यवस्थित भएको बताइन्छन् ।
हाल महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धको नेतृत्वमा छन् प्रहरी निरीक्षक (इन्सपेक्टर) सुरज बहादुर खड्का ।
बौद्ध प्रहरीको नेतृत्वमा खड्का आएसँगै त्यहाँको शान्तिसुरक्षा साथै सडक व्यवस्थापन समेत सुधार भएको सर्वसाधारणले बताएका छन् ।
खड्काको नेतृत्वले त्यहाँको ट्राफिक व्यवस्थापन साथै पैदल यात्रुहरुको लागि फुटपाथ समेत राम्रो व्यवस्था गरिएको छ । त्यस्तै खड्काको पहलमा अवस्थित पार्किङको समस्यालाई समेत समाधान गरिएको कतिपयको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया