काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमविरुद्ध परेको रिटमा बुधबारका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेन ।
आजका लागि सर्वोच्चको संवैधानिक इजलासमा पेसी तोकिए पनि गौतमको मनोनयनविरुद्ध परेको निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।
प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा संवैधानिक इजलास न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा थिए ।
प्रतिनिधि सभामा पराजित गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ असोज १ गते राष्ट्रिय सभामा मनोनित गरेकी थिइन् ।
प्रतिनिधि सभामा हारेका गौतमले सो प्रतिनिधि सभाको कार्यकाल समेत नसकिएको भन्दै उनीविरुद्ध रिट परेको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित व्यक्ति सो कार्यकालभर संघीय संसद् सदस्य हुन नपाउने संवैधानिक व्यवस्थाको उलंघन गर्दै घुमाउरो बाटोबाट संघीय संसद्मा पठाइएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले रिट दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया