औषधि व्यवस्था विभागले दुई कम्पनीमाथि लगायो बिक्रीमा रोक

लोकपथ
231
Shares

काठमाडौं । औषधि व्यवस्था विभागले दुई औषधि उत्पादक कम्पनीको बिक्री वितरणमाथि रोक लगाएको छ ।

विभागले क्यूमेड फर्मुलेसन प्रालि र लोमस फर्मास्युटिकल्स् औषधि बिक्री वितरणमा रोक लगाएको हो ।

न्यून गुणस्तर भएको भन्दै विभागले क्यूमेड र लोमसको बिक्री वितरणमा रोक लगाएको हो ।

औषधिमा गुणस्तरता नभएको भन्दै गुनासो परेसँगै विभागले छानबिन गरेको थियो ।

‘औषधि ऐन, २०३५ को दफा १४ बमोजिम सो औषधि बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सो को विवरण यस विभागबाट पेस गर्न सम्बन्धित अद्योगलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबैलाई अनुरोध छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

ऐन अनुसार कारबाही गरिएको जानकारी गराउँदै बजारमा पठाइएको औषधीहरु फिर्ता गर्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?