१३ मङ्सिर २०७८, सोमवार

साझा प्रकाशनका शर्मालाई हटाउनुको कारण देखाउन आदेश

२०७४,आश्विन,२३,सोमवार १५:३०

0
Shares

 काठमाडौँ, २३ असोज – सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुका कारण पेश गर्न सरकारको नाममा कारण आदेश दिएको छ ।न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज शर्मालाई हटाउनुका कारण देखाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।आफूलाई सुनुवाइको मौका नदिई बर्खास्त गरेको भन्दै शर्माले आइतबार सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । शिक्षामन्त्रीस्तरबाट शर्मालाई यही असोज ८ गते पदबाट हटाउने निर्णय गरेको थियो ।शर्मामाथि वार्षिक आम्दानीमा गडबड गरेको, साझाकै लोगोमा व्यक्तिगत तरिकाले पुस्तक प्रकाशन गरेको, पुस्तक बिक्री–वितरणको हिसाब–किताब दुरुस्त नराखेको लगायतका भ्रष्टाचार र अनियमितताको आरोप छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १५:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दैलेख । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्ला कार्य समितिको सभापति पदमा मणिराम रेग्मी निर्वाचित भएका छन् ।

दाङ । नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दाङका छ पालिकामा नयाँ नेतृत्व चयन भएका छन् । शनिबार भएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र हलमा पदाधिकारीको नाम प्रस्तुत गरेका छन् । उनले ‘सहमतिका लागि’ सोमबार

भरतपुर । नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको

ताजा समाचार

यस्तो छ आजको राशिफल
 २०७८,मङ्सिर,१३,सोमवार ०६:३०
एमालेको निर्वाचन कार्यतालिका संशोधन
 २०७८,मङ्सिर,१३,सोमवार ००:४३
टेकु अस्पतालबाट अनुप बास्तोलाको सरुवा
 २०७८,मङ्सिर,१२,आईतवार २२:४७