प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

लोकपथ
286
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ ।

बुधबार बर्दिबासस्थित अख्तियारको कार्यालयबाट गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको हो ।

प्रदेश २ ले कार्यालय खरिदमा अनियमितता भएको भन्दै उजुरी परेपछि छापा मारिएको बर्दिबासस्थित अख्तियार कार्यालय स्रोतले जनाएको छ ।

प्रदेश नं २ ले छोरीहरुलाई शिक्षामा अग्रसर गराउने उद्देश्यले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल वितरण गरेको थियो । तर उक्त साइकल खरिदमा समेत अनियमितता भएको भन्दै उजुरी परेको र कागजात समेत छापा मारेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?