सभामुख सापकोटाविरुद्धको रिट आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा

लोकपथ
49
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिटको सुनुवाइ आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ ।

बुधबार (आज) का लागि सर्वोच्चको संवैधानिक इजलासमा पेसी तोकिए पनि उक्त मुद्दा हेर्न नमिल्नेमा राखिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासमा उक्त मुद्दा पेसी चढाइएको थियो ।

द्वन्द्ध कालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध मुद्दा परेको थियो । यसअघि गत भदौ १६ गते पनि उक्त मुद्दामा पेसी तोकिएको थियो तर ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको थियो । भने त्यसअघि २०७६ फागुन ३० गते समेत पेसी तोकिए पनि हेर्न नमिल्नेमा सूचीमा राखिएको थियो ।

२०६४ सालमा अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले २०६४ सालमा सापकोटाविरुद्ध कारबाहीको माग राख्दै जाहेरी दिएका थिइन् । २०६२ साल वैशाख १६ गते काभ्रेको श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेलाबाट लामाको अपहरण भएको थियो । लामालाई सोही वर्षको साउनमा ज्यूँदै खाल्डोमा पुरेर मारेको आरोप सापकोटामाथि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?