काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रीयट्सले पोखरा राइनोजलाई ५२ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो ।
मंगलबार परेको वर्षाको कारण आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेल ७ ओभरमा घटाईएको थियाे ।
ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन जाेडे । ओशाडा फर्नान्डोले अविजित १० रन बनाए । नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट भए ।
पवन सर्राफले ५ रन जोड्दा अज्मातुल्लाह ओमार्जाईले १ रन बनाए । सन्दीप जोरा सुन्य रनमा आउट हुँदा राशिद खान सुन्य रनमा अविजित रहे ।
ललितपुरलाई सस्तैमा समेट्न पोखराका नन्दन यादवले ३ विकेट लिए । बिक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया