काठमाडौं । भारतको चर्चित टेलिभिजन शो हो ‘द कपिल शर्मा शो’ । शोमा अहिले अभिनेत्री अर्चना पुरन सिंह छाएकी छिन् । केही समय अघि शोमा अर्चनाको ठाँउमा कांग्रेस नेता नवजोत सिंह सिद्धू थिए । सिद्धू राजनीतिमा लागेर संसद भएपछि उनले शो छोडेका थिए । उनले शो छोडपछि अर्चना उनको ठाँउमा हाएकी थिइन् ।
शोमा कपिल शर्माले अर्चनालाई कुर्सीको विषयलाई लिएर धेरै ट्रोल गर्ने गरेका थिए । मंगलबार कांग्रेस नेता नवजोत सिंह सिद्धूले पञ्जाब कांग्रेसबाट राजीनामा दिए । सिद्धूको राजिनामासँगै अर्चनाको कुर्सीलाई लिएर धेरै चर्चा हुन थालेका छन् ।
सामाजिक सञ्जालमा पनि सिद्धुको राजीनामापछि अर्चना कुर्सी धरापमा परेको टिका टिप्पणी हुन थालेका छन् । ति टिका टिप्पणीको अर्चनाले प्रतिक्रिया पनि दिएकी छिन् ।

भारतीय सञ्चार माध्यम आजतकमा बोल्दै अर्चनाले भनेकी छिन् , ‘मैले मेरो बारेमा धेरै मीम्स देखेकी छु । तीमध्ये धेरै ट्वीटमा मैले रिट्वीट गरेकी छु । मीम्स साह्रै रमाइला छन् । मलाई असाध्यै खुसी लागेको छ कि भारतीयको यति राम्रो सेन्स अफ ह्यूमर छ । राजनीति, क्रिकेट र मनोरञ्जन सधैं एक–अर्कासँग सम्बन्धित हुन्छन् । नवजोत सिंह सिद्धु र मेरो कुरा गर्नुपर्दा यसमा राजनीति पनि छ, क्रिकेट पनि छ र मनोरञ्जन पनि छ ।’
“मैले त आफ्नो कुर्सीलाई बलियोसँग सम्हालेर राखेकी छु । जनताहरुको मायाले यो कुर्सीमा छु ।” उनले भनेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया