मुख्यमन्त्री राउतले विश्वासको मत लिने, प्रदेशसभा अधिवेशन आह्वान

लोकपथ
130
Shares

काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि असोज २० मा प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको अर्थ मन्त्री शैलेन्द्रप्रसाद शाहले जानकारी दिए ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिन भित्रसम्ममा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ । भने नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएकाले मुख्यमन्त्री राउतको सरकारलाई नै समर्थन गर्नेछन् । यसरी मुख्यमन्त्री राउतसंग प्रदेशसभामा स्पष्ट बहुमत छ ।

यसअघि नै जसपाबाट विभाजित भई नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमाले प्रदेश सरकारको प्रतिपक्षमै रहने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?