सुनको मूल्य घट्यो, चाँदी भने स्थिर

लोकपथ
1k
Shares

काठमाडौं । आज (बुधबार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

आज छापवाला सुन प्रतितोला ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापवाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन ८८ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजावी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ । मंगलबार पनि चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?