विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

लोकपथ
338
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १७ पैसा, बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ । साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा, बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?