कान्टेलाई कोरोना संक्रमण पुष्टि

लोकपथ
91
Shares

काठमाडौं । चेल्सीका मिडफिल्डर एनगोलो कान्टेलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि कान्टे सेल्फ आईसोलेसनमा बसेका क्लबले जनाएको छ ।

चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले कान्टेलाई कोरोना देखिएको पुस्टि गरेका हुन् ।

कोरोना संक्रमण पुष्टि भएपछि कान्टेले च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसविरुद्धको खेल गुमाउने छन् ।

चेल्सीले बिहीबार राति युभेन्टससँग उसैको मैदानमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?