घरेलु मैदानमै रियल मड्रिड पराजित

लोकपथ
161
Shares

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल मोल्डेभाको एफसी सेरिफसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा करिम बेन्जिमाले एक गोल गरेपनि रियल पराजित भएको हो ।

खेलको २५ औं मिनेटमा जासुरबेक याख्सिबोभले गोल गर्दै सेरिफलाई असुरुवती अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए ।

Image

तर, खेलको ८९ औं मिनेटमा सेबास्टियन थिलले गोल गर्दै सेरिफलाई २-१ को जित दिलाए ।

यस जितसँगै समूह डी को सेरिफले २ खेमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । रियल ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?