एमसीसीविरुद्ध उन्नत समाज निर्माण नेपालको विरोध प्रदर्शन

लोकपथ
287
Shares

काठमाडौं । उन्नत समाज निर्माण नेपाल अमेरिकी सहयोग एमसीसीको विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

राम नेपालीको अध्यक्षतामा रहेको उक्त संस्थाले मंगलबार माइतीघर मण्डलामा एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालीले एमसीसी देशको हितविपरीत भएकोले विरोधमा उत्रनु परेको जानकारी बताए ।

‘एमसीसीको सम्झौताका बुँदाहरू राष्ट्र हितविपरीत छन् । एमसीसी पास भयो भने नेपाल अमेरिकाको उपनिवेश बन्नेछ । देशमा अमेरिकी सेनाले राज गर्ने छन् । नेपाल सोमालिया र रुवाण्डा जस्तै बन्ने छ ।’ नेपालीले सभालाई सम्बोधन गर्दै भने ।

उक्त विरोध सभामा बोल्ने अन्य वक्ताहरूले समेत एमसीसीका विरुद्धमा आ–आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?