काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा आज विभिन्न ८ खेल हुँदैछ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग भिड्दै छ ।
घरेलु मैदान पिएसजी र म्यानचेस्टर सिटीको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । खेल पिएसजीको घरेलु मैदानमा हुने दुइ निकै बलिया टोलीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

पिएसजीको फरवार्डमा लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पे रहेका छन् ।
यता, म्यानचेस्टर सिटीमा रियाल महारेज, फेरान टोरेस, रहिम स्टर्लिङ, फर्नान्डिन्हो, रोड्री, केभिन डि ब्रुयन जस्ता खेलाडी मैदान उत्रँदै छन् ।
पीएसजी र सिटीको पछिल्लो चार भेटमा सिटीले पीएसजीसँग हार बेहोरेको छैन । चोटका कारण मैदान बाहिररहेका मेस्सी पनि आजको खेलमा मैदान उत्रने भएका छन् । मेस्सी पीएसजी आएका कारण र अहिलेसम्मको भेटमा पीएसजीले सिटीसँग जित हात पार्न नसकेको बदाला तिर्ने दाउमा पीएसजी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया