कोरोना : नेपालमा घट्दै सक्रिय संक्रमितको ग्राफ, कस्तो छ पछिल्लो तथ्यांक ? (विवरणसहित)

लोकपथ
140
Shares

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार आइपुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुसहित हाल नेपालमा १८ हजार ४ सय २२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५८ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ३ जनाको परीक्षण गर्दा ९०४ जनाको पीसीआर र २५४ जनाको एन्टीजेन पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८४ हजार ३ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६३ हजार ७ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार १ सय १५ जनाको मृत्यु भएको छ । पछिल्लो २६ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण थप १२ जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?