एकीकृत समाजवादीबाट को को बन्दैछन् मन्त्री ?

लोकपथ
651
Shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी (एस) ले सरकारमा जानेहरुको नाम टुंग्याएको छ ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेसँगै एसले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

एकीकृत समाजवादीले ७ मन्त्री पाउने चर्चा चले पनि राजनीतिक भागबन्डा मिलाउँदा ६ मन्त्रीसहित १ राज्यमन्त्री पाउने भएको छ । एसको संसदीय दलका नेता समेत रहेका माधवकुमार नेपालले मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्री देउवासमक्ष बुझाइसकेका छन् । नेपालले सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने सांसदहरुको नाम बुझाएका हुन् ।

को को बन्दैछन् मन्त्री ?

विरोध खतिवडा

मेटमणी चौधरी

रामकुमारी झाँक्री

प्रेम आले

जीवनराम श्रेष्ठ

भवानी खापुङ

सरकारले गत भदौ १ गते ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश असोज ११ गते सोमबार फिर्ता गरेको छ । सरकारले अध्यादेश ल्याएसँगै एमालेसँग रुस्टिएका माधव समूहले ३१ सांसदसहित नयाँ दल गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?