परराष्ट्रमन्त्री खड्काको सपथ गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट

लोकपथ
975
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनियताको सपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा रिट परेको छ ।

मंगलबार अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्था बिनानै खड्काको सपथ गराइएको जिकिर गर्दै सपथको बदरको मागसहित रिट दायर गरेका हुन् ।
सपथसम्बन्धी कानुन बनाएर पुनः सपथ नलिएसम्म खड्काले परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न नगराउन मागसहित अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

भदौ ६ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी हुन् । सोही दिननै राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुपर्ने भएकाले सोही दिन सपथ ग्रहण गरी पदभार ग्रहण गरेर मन्त्री खड्का अमेरिका उडेका थिए ।

उक्त रिटको पेसी बुधबार (भोलि) का लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?