वर्षमान पुनको स्वास्थ्यमा भएन सुधार, थाइल्याण्ड लैजाने तयारी

लोकपथ
672
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ लाई उपचारको लागि थाइल्याण्ड लगिने भएको छ ।

नेता पुनलाई पुरानै जन्डिस बल्झिएपछि उपचारका लागि सुमेरु अस्पताल भर्ना गरिएको थियो । तर उनलाई कुनै सुधारको लक्षण नदेखिएपछि थाइल्याण्ड लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

मंगलबार (आज) दिनभरी उनको रिपोर्टको अध्ययन गरिने तर स्वास्थ्यमा कुनै सुधार नदेखिएमा भोलि (बुधबार) थाइल्याण्ड लैजान लागिएको हो ।

पारिवारिक स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?