राताम्य सेयर बजार, २२.२० अंकले घट्यो नेप्से

लोकपथ
117
Shares

काठमाडौं । सेयर बजारले आज पनि ओरालो यात्रा तय गरिरहेको छ । कारोबार खुलेको डेढ घण्टा बित्दा सेयर बजार २२ अंकले घटेको छ । १२ बजेर ३० मिनेट जाँदा सेयर कारोबार मापक नेप्से परिसूचक २२.२० अंकले घटेर २६६३.२२ बिन्दुमा पुगेको छ ।

सो अवधिसम्म १ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ । यस अवधिमा १३ वटा उपसमूहमध्ये एउटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी १२ वटा उपसमूहको सेयरमूल्य घटेको छ ।

यसैबीच, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?