मंगलबार सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

लोकपथ
598
Shares

काठमाडौं । आज (मंगलबार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

आज छापवाला सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापवाला सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन ८८ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजावी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?