मेस्सी प्रशिक्षणमा फर्किए, सिटीविरुद्धको खेल खेल्ने

लोकपथ
175
Shares

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी टिम प्रशिक्षणमा फर्किएका छन् ।

च्याम्पियन्स लिगको खेल अघि मेस्सी टिमको प्रशिक्षणमा फर्किएका हुन् । घुँडाको चोटको कारण मेस्सीले लिग वानको पछिल्लो दुई खेल गुमाएका थिए ।

मेस्सीले बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मेन पीएसजीमा आबद्ध भएपछि आफ्नो उत्कृष्ट खेल देखाउन सकेका छैनन् । यस सिजनको सुरुवाती समयलाई हेर्ने हो भने मेस्सीले पीएसजीका लागि गोलको खाता खोल्न सकेका छैनन् ।

म्यानचेस्टर सिटीविरुद्धको खेल अघि उनी प्रशिक्षणमा फर्किएका हुन् । मेस्सीले सिटीविरुद्ध खेल्ने बताईएको छ । पीएसजीले घरेलु मैदानमा मंगलबार राति प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?