काठमाडौं । साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ । कतारमा ओमानसँग मैत्रीपूण खेल खेलेर नेपाली टोली सोमबार माल्दिभ्स पुगेको हो ।
कतारमा नेपाली टोलीले प्रशिक्षण गरेपछि नेपाली टिम कतारबाटै माल्दिभ्स गएको हो । साफका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार २३ सदस्यीय टिमको घोषणा गरेका थिए ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया