मानव बेचबिखनको आरोपी महिला २५ वर्षपछि पक्राउ

लोकपथ
104
Shares

काठमाडौं । आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न रहेको अभियोग लागेकी एक महिलालाई २५ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा काठमाडौं पेप्सीकोला बस्ने ४८ वर्षीय लक्ष्मी परियार रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । विसं २०५३ को असार ४ मा परियारले काठमाडौंबाट ती महिलालाई प्रलोभनमा पारी एक पुरुषको जिम्मा लगाएर भारत पु¥याई बेचबिखन गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुले महिलालाई मुग्लिनसम्म ट्रकमा राखेर लगेको र त्यसपछि बसमा चढाएर काँकडभिट्टा हुँदै भारत पुर्‍याएका थिए ।

उनीहरुले नेपाली मुलका मान्छेले सञ्चालन गरेको कोठीमा ३० हजार भारतीय रुपैयाँमा बिक्री गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । निज महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार थप अनसुन्धान भइरहेको ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?