८ कार्तिक २०७८, सोमवार

नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा हुनु चिन्ताको विषय : बिजुक्छे

२०७८,आश्विन,११,सोमवार २१:३७


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज आयोजना गरेको सांस्कृतिक गुरु सम्मान कार्यक्रममा उनले युवा पुस्तामा राजनीतिक वितृष्णा पैदा हुनु चिन्ताको विषय भएको बताए ।

बिजुक्छेले राजनीतिशास्त्र, इतिहास, भूगोल र संस्कृतिजस्ता विषयको महत्वबारे विद्यार्थीलाई जानकार गराउनुपर्नेमा जोड दिँदै उनले सरकारले यस्ता महत्वपूर्ण विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययन अध्यापनमा लगाउनुपर्नेमा औँल्याए ।

कार्यक्रममा बिजुक्छेले सांस्कृतिक गुरुहरू गोविन्द भुजू, विकुबहादुर दुवाल, विष्णुभक्त सुवाल, लक्ष्मीभक्त कुस्मा, लक्ष्मीप्रसाद मानन्धर, गणेशबहादुर त्वायना, मङ्गलाल ग्वाछा, लक्ष्मीभक्त घेमोसु, रामलाल माक, रत्नभक्त ध्वजू, विष्णु सुवाल, विष्णुभक्त सिजख्व, दिलबहादुर त्यात, इन्द्रबहादुर लाखा, बुद्धिसागर प्रजापति, रामभक्त गणेजु श्रेष्ठ, विष्णुभक्त कुसी, मानबहादुर चोलेखो, हरिभक्त मगजु र शिवभक्त वनमालासहित संस्कृतिक गुरुलाई १५ रुपैयाँ सम्मान गरे ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले कला र संस्कृति संरक्षणका विभिन्न विधाका स्थानीय सांस्कृतिक गुरुहरूको सम्मानलाई निरन्तरता दिँदै आएको बताए । भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा पुनःनिर्माणका कार्य करिब अन्तिम चरणमा पुगिसकेको बताउँदै भक्तपुर नगरपालिकाप्रति जनताको साथ र सहयोग रहेका कारण स्वाभिमानीपूर्वक अगाडि बढ्न मद्दत पुगेको बताए ।

भक्तपुर नपाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक ऋणको व्यवस्था गर्नाका साथै इतिहास, भूगोल, राजनीतिशास्त्रलगायत विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको बताए । उनले विभिन्न कालखण्डमा नेपालबाट हराएका वा चोरी भएका मूर्ति फिर्ता गर्न आवश्यक पहल गरिरहेको बताए ।

प्रकाशित मिति: २०७८,आश्विन,११,सोमवार २१:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण

काठमाडौं । दमको समस्या बढेर यस थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) डिस्चार्ज भएका छन्

ताजा समाचार

थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९
एक वर्षपछि घर निर्माणका लागि सम्झौता
 २०७८,कार्तिक,८,सोमवार ०८:०४
विद्यार्थी खोज्दै विद्यालय
 २०७८,कार्तिक,८,सोमवार ०७:५४
धानबालीमा सवा आठ अर्बको क्षति
 २०७८,कार्तिक,८,सोमवार ०७:३७