राष्ट्रपति भण्डारीले गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

लोकपथ
507
Shares

काठमाडौं । सरकारले दल विभाजन गर्न सहज हुनेगरी ल्याएको अध्यादेश खारेज भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवारको मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेकी हुन् ।

अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?