८ कार्तिक २०७८, सोमवार

५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा

२०७८,आश्विन,११,सोमवार २०:४५


काठमाडौं । विशेष अदालतले कर फछ्र्योट आयोगमा रहँदा भ्रष्टाचार गरेको आरोप लागेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

शर्मालाई विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयले धरौटीमा रिहा गर्न आदेश गरेसँगै धरौटी बुझाएर छुटेका हुन् । कर फछ्र्योट आयोगमा रहँदा भ्रष्टाचारको आरोप लागेका शर्मालाई आज अदालतमा हाजिर गराएर थुनछेक बहसपछि धरौटी माग गरिएको थियो ।

आदेशमा भनिएको छ, “प्रतिवादीउपर लिइएको आरोपदावी एवं यस अदालतबाट मिति २०७४÷८÷५ मा भएको थुनछेक आदेशका साथै प्रतिवादीउपर दायर भएको प्रस्तुत पुरक आरोपत्रबाट सृजना हुनसक्ने थप दायित्व समेतलाई विचार गरी पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (घ) बमोजिम प्रतिवादी चूडामणि शर्मा ढकालबाट रु ५० लाख धरौट माग गरिएको छ ।”

आदेशमा प्रतिवादीले कर फछ्र्योट आयोगमा रही कार्य गर्दा विभिन्न करदाताको कर मिनाहा गरेको भन्ने मिसिल संलग्न प्रमाणबाट अहिले नै निर्दोष हुन् भन्न सकिने स्थिति नदेखिएको उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता गरेको थियो । अख्तियारको अभियोग पत्रमा शर्मासहित कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको थियो ।

महत र ढकाल आइतवार विशेष अदालतमा उपस्थित भएर बयान दिई अदालतको आदेशबमोजिम जनही ५०÷५० लाख रुपैयाँ धरौटी बुझाएर सोमवार नै रिहा भएका हुन् ।

प्रकाशित मिति: २०७८,आश्विन,११,सोमवार २०:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन । राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार-पाँच वर्षका

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा

फुङ्लिङ । ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुकसुरु भएको छ । दशैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी

भ्रष्टाचारको अन्त्य हुन्छ, सुशासन आउँछ : कांग्रेस नेपाललाई स्वीजरल्याण्ड बनाउँछौँ : पुष्पकमल दाहाल (प्रचण्ड) नेपालमा पानीजहाज र रेल कुदाउँछौँ :

ताजा समाचार

मङ्सिर र पुसमा बाघ गणनाको तयारी
 २०७८,कार्तिक,८,सोमवार १०:५४
वालुङ समुदायको फुटुक पर्व आजदेखि सुरु
 २०७८,कार्तिक,८,सोमवार १०:३१
नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७