राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न सरकारको सिफारिस

लोकपथ
338
Shares

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार (आज) साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश खारेजीको लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको हो ।

उक्त अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुर्याएमा नयाँ दल खोल्न पाउने प्रावधान रहेको छ । सरकारले एमालेसँग चिडिएका माधवकुमार नेपाललाई सहज रुपमा नयाँ दल गठनको बाटो खोल्न उक्त अध्यादेश भदौ १ गते ल्याएको थियो । तर सत्तारुढ गठबन्धनभित्रै उक्त अध्यादेशको विरोध भइरहेको थियो ।

उक्त अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै मन्त्रिपरिषद् विस्तारका लागि सहज हुने भएकाले राष्ट्रपति समक्ष सिफारिस गरिएको एक मन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?