१० बुँदे कार्यान्वयन कार्यदलको संयोजकको जिम्मेवारी रावललाई

लोकपथ
390
Shares

काठमाडौं । नेकपा एमालेले १० बुँदे कार्यान्वयनको लागि बनेको कार्यदलको संयोजकको जिम्मेवारी नेता भीम रावललाई दिइएको छ ।

सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले कार्यदलमा स्थायी कमिटी सदस्य शंकर पोखरेललाई थप गर्ने समेत निर्णय गरेको छ ।

एमालेलाई फुटबाट जोगाउन असार २७ गते तयार गरिएको १० बुँदे कार्यान्वयनका लागि भदौ ६ मा कार्यदल बनाएको थियो ।

६ सदस्यीय कार्यदलमा रावलसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट लगायतका नेताहरु रहेका थिए ।

तर एमाले सचिव योगेश भट्टराईले १० बुँदे कार्यान्वयन भइसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?