यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरु

लोकपथ
1.2k
Shares

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ ।

सोमबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले पत्रकार सुवेदीलाई नियुक्त गर्नेसहित विभिन्न ८ निर्णय गरेको हो ।

त्यसैगरी सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरुले दिनु भएको राजीनामा पनि स्विकृत गरेको नेपाल सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

के के भयो अन्य निर्णयहरु ? 

सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्ने स्वीकृती

रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने

तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेस गर्न स्वीकृती दिने

नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेस गर्न स्वीकत दिने

शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने

समाजकल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषध्यक्ष लोकराज सुवेदी, सदस्यसचिव पुस्कर खातुन र सदस्यहरु मणीराम बन्जाडे, गोबिन्द बहादुर शाही, नानीमाया थापा र प्रमध्वज गुरुङ र शुशिला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने

वीपी कोइराला राष्ट्रिय प्रतिष्ठान पुरस्कार स्थापना गर्ने

विष्णुप्रसाद सुवेदी (गुल्मी) लाई गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?