काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्ष पदमा विष्णप्रसाद सुवेदी (गुल्मी) लाई नियुक्त गरेको छ ।
सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले रिक्त रहेको गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको जानकारी दिए ।
‘विष्णुप्रसाद सुवेदी कुल्मीलाई गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने’ । उनले भने ।
त्यस्तै सोमबारको बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्ने स्वीकृती गर्ने लगायत अन्य ७ निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया