काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्नीप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन् ।
महामन्त्री कोइरालाले अध्यादेशबाट दल विभाजन भईसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन् । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘उनीहरुले के भन्छन भने माधवकुमार नेपालसहित जति पनि मान्छेहरु छन । उनीहरुलाई निस्काशन गर्नुस् । त्यो त सभामुखले गर्न सक्नु हुन्न । यसैमा विरोध भईरहेको छ । हाम्रो धारणा के हो भने अव विधेयक आईसकेको छ । २० प्रतिशतले टुक्रयाउन चाहन्छ भने टुक्रिन्छ । ती पार्टीहरु टुक्रियो । जुन विरोधमा आएको छ । त्यही अनुसार फ्लो गर्नु पर्छ ।’
महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया