सुदूरपश्चिम प्रदेशमा दुई विधेयक टेबल

लोकपथ
52
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा दुई विधेयक टेबुल भएको छ ।

सोमबार बसेको प्रदेश सभा बैठकमा दुई वटा संशोधन विधेयक टेबुल गरिएको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरे । यस्तै, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँदले सुदूरपश्चिम प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरिन् ।

प्रदेश सभामा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६र७७ को बजेट खर्चबारे महालेखा परीक्षकले तयार पारेको वार्षिक प्रतिवेदन २०७८ पनि पेस गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले सोमबार प्रदेश सभामा सो प्रतिवेदन पेस गरे । सो प्रतिवेदनलाई अध्ययन छलफलका लागि संसद्को सार्वजनिक लेखा समितिमा पठाइने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

प्रदेश सभा बैठकमा सामाजिक विकास समितिले तयार पारेको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । सुदूरपश्चिम पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भइ तयार पारिएको प्रतिवेदन समितिका सभापति कुन्ती जोशीले प्रस्तुत गरेकी हुन्।

प्रदेश सभामा ढ्याढ्यापे समय माग गरेर प्रदेश सभा सदस्य डिल्लीराज पन्त र गेल्बुसिंह बोहराले समसामयिक विषयमा बोलेका थिए । प्रदेश सभाको अर्को बैठक मङ्गलबार बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?