सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल बन्यो नेपाली कांग्रेस

लोकपथ
2.2k
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेको छ ।

केन्द्रमा कांग्रेसकै नेतृत्वमा सरकार भएपनि प्रदेशमा भने प्रमुख प्रतिपक्षी दल रहेको हो ।

आजदेखि सुरु भएको प्रदेश सभा बैठकमा सोही अनुसार सिट व्यवस्थापन गरिएको थियो । नेकपा माओवादी केन्द्र र तत्कालिन नेकपा एमाले एक भई नेपाल कम्युनिष्ट पार्टी हुँदा पनि प्रदेशमा प्रमुख प्रतिपक्षी दल कांग्रेस थियो भने प्रतिपक्षी दलमा जनता समाजवादी पार्टी रहेको थियो ।

अहिले दल विभाजन भएसँगै प्रदेशमा छ वटा दल रहेका छन । तीमध्ये प्रतिपक्षी दल नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन्।

सत्तापक्षमा भने नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?