नेपालको कोरोना : थप १ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

लोकपथ
403
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमित घटेका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ४८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ४ सय ८८ जनाको परीक्षण गर्दा १ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी हालसम्म ७ लाख ६२ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप १ हजार २ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ३ पुगेको छ ।

नेपालमा हाल ३ सय ८५ जना आइसीयूमा रहेका छन् भने, १ सय २५ जना भ्यान्टीलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?