कुमारी बैंक र दराजबीच सम्झौता, सामान खरिद गर्दा भारी छुट

लोकपथ
325
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यसहित दराजसँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौताअनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा यहि असोज १० गतेदेखि असोज १८ गतेसम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्नेछन् ।

सो सम्झौताअनुरूप डेबिट कार्डको प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा २,००० सम्मको र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा २,५०० प्रतिशतसम्मको छुट पाउनेछन् ।

सो सहमतिपश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले दराज अनलाइन सपिङ मार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् ।

यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिदलगायत अन्य गतिविधिहरुका लागि डिजिटल बैंकिंग प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको बैंकले जनाएको छ ।

बैंकको देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३२ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?