इरानले अफगानिस्तानलाई पठायो मानवीय सहायता सामग्री

लोकपथ
403
Shares

काठमाडौं । इरानले अफगानिस्तानका लागि मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि इरानले यो दोस्रो पटक सामग्री पठाएको हो ।

यी सामाग्रीहरुमा इरानले विशेषगरी खाद्य सामग्री पठाएको छ । करिब २१ टन खाद्य सामग्री ल्याएको जहाज आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा अवतरण गरेको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अफगानिस्तानका विद्रोही तालिबानीहरुले  सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्न लगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?