पोखरामा विभिन्न देशका राजदूतदेखि विशिष्ट कूटनीतिज्ञको हाइकिङ (तस्बिरसहित)

लोकपथ
260
Shares

पोखरा । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बनेका छन् ।

गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहेका कूटनीतिज्ञ विश्व पर्यटन दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बनेका हुन् ।

साथै पर्यटकका रुपमा पोखरा पुगेका विभिन्न देशका राजदूतहरु तथा कुटनीतिक नियोगका कर्मचारीहरुले विभिन्न ठाउँहरुको अवलोकन गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।

उनका अनुसार कूटनीतिज्ञ बिहान कास्कीकोटदेखि नौडाँडासम्म छोटो दूरीको हाइकिङमा सहभागी बनेका छन्। हाइकिङपश्चात् दिउँसो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र डेभिज फल्सको अवलोकन गरेको जानकारी गराउँदै भट्टराईले तत्पश्चात फेवातालमा डुङ्गा शयर गरेका छन् । भने आजै साँझ फेवातालको बाराही घाटमा गरिने आरती अवलोकन गर्ने कार्यक्रम रहेको उनले बताए।

विश्व पर्यटन दिवसकै अवसरमा साँझ रेष्टुराँ एण्ड बार एशोसिएशन पोखराद्वारा आयोजित सांस्कृतिक कार्यक्रम, विभिन्न ठाउँको प्रवर्द्धनात्मक सामाग्रीको प्रदर्शन, नेपाली परम्परागत तथा विभिन्न देशका खानाका परिकारसहितको सडक महोत्सवमा उहाँहरू सहभागी बन्ने कार्यक्रम छ ।

 

सबै तस्बिर राससबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?