सेयर बजारको ओरालो यात्रा कायमै, ५ अर्बमा खुम्चियो कारोबार

लोकपथ
234
Shares

काठमाडौं । केही दिन उकालो लागेको सेयर बजारमा पुन: गिरावट सुरु भएको छ । आइतबार मात्र ६१.२७ अंकले घटेको बजारमा आज पनि भारी गिरावट आएको छ ।

आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४१ बिन्दुमा पुगेको छ । आज नेप्से २.६५ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १२.९४ अंकले घटेर ५०६.३३ बिन्दुमा पुगेको छ ।

आइतबार कारोबार रकम पनि घटेको छ । आज कुल २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर खरिदबिक्री गर्दा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा १३ वटै उपसमूहको सेयरमूल्य घटेको छ । आज पनि फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो समूहको सेयरमूल्य ४.५३ प्रतिशतले घटेको छ ।

आज ३ वटा कम्पनीको मात्र सेयरमूल्य बढेको छ । आज मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । त्यसैगरी, मैलुङ खोला जलविद्युत कम्पनी र गोर्खाज फाइनान्स कम्पनीको पनि सेयरमूल्य बढेको छ ।

यता, गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर, नेपाल फाइनान्स कालिका पावर कम्पनी पोखरा फाइनान्स लिमिटेडलगायत कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?