असोज १३ गते प्रदेश २ मा महिलाहरुलाई सार्वजनिक बिदा

लोकपथ
390
Shares

जनकपुरधाम । प्रदेश २ मा निष्ठाको कठोर पर्व रुपमा रहेको जितियाको अवसरमा बुधबार महिलाहरुलाई प्रदेश सरकारले विशेष सार्वजनिक विदा घोषणा गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले शुभकामना विज्ञप्ति जारी गर्दै असोज १३ बुधबार प्रदेशभर महिलाका लागि सार्वजनिक विदाको घोषणा गरेको हो ।

पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् ।

सन्तान प्रतिको आमाको स्नेह झल्काउने यस महापर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम समेत प्रदेश सरकारले गरेको छ । उनले सबै प्रदेशबासीमा जितिया पर्वको शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?