एमाले स्थायी कमिटी बैठक, १० बुँदे कार्यान्वयनका विषयमा छलफल

लोकपथ
156
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ ।

सोमबार (आज) दिउँसो पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा १० बुँदे सहमति कार्यान्वयनको बारेमा छलफल हुने बताइएको छ ।

यसअघि असोज ८ देखि १० गतेसम्म काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका विषयमा प्रश्न उठाएका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको राजनीतिक प्रस्तावमाथि प्रश्न उठाएसँगै आजको लागि सो विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । ओलीले स्थायी कमिटी बैठकमा १० बुँदे कार्यान्वयनका विषयमा छलफल हुने बताएका थिए ।

१० बुँदे कार्यान्वयन नभएको भन्दै एमालेका तेस्रो धारका नेताहरु असन्तुष्ट रहेका थिए । भने संगठनात्मक संरचनाको विषयमा समेत प्रश्न उठेको कारण त्यस विषयमा समेत आजको बैठकमा छलफल गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?