काठमाडौंको आकाशमा १० फन्को : विमानभित्र रुवाबासी, भएको के थियो ?

काठमाडौं । सोमबार बिहान ८ बजेर ३२ मिनेटमा बुद्ध एयरको विमान नियमित उडान भर्न विराटनगरका लागि उड्यो । विमानमा ७३ जना यात्रु सवार थिए । जसमा २ जना बालबालिका, ३ जना नवजात शिशु र  ४ जना क्रु मेम्बर थिए ।

विमान ३० मिनेटमा विराटनगर विमानस्थल पुग्यो । तर जब विमान अवतरण गर्नका लागि विमानका क्याप्टेन आङ्गेलो शेर्पाले ल्यान्डिङ गेयरमा समस्या भएको थाहा पाए ।

अवतरण गर्नै लागेको विमान क्याप्टेन शेर्पाले काठमाडौंतर्फ फर्काए । काठमाडौंमा आएपछि पनि विमान करिब ३० मिनेट आकाशमा होल्ड भएको थियो ।

क्याप्टेनले त्रिभुवन विमानस्थलको राडरमा ल्यान्डिङ गेयरमा समस्या भएको खबर फ्याँके ।

विमानस्थलका इमर्जेन्सी सर्भिस स्ट्यान्डबाइ बसेको थियो । विमानस्थलमा दमकल र एम्बुलेन्स तैनाथ गररिएको थियो । आकाशमा भएको विमानको ल्यान्डिङ गेयरमा समस्या भएपछि विमान कसरी ल्यान्ड गराउने भनेर धेरै तयारीहरु विमानस्थलमा भएका थिए ।

ल्यान्डिङ गेयरमा समस्या भएको बेला सबैभन्दा उपयुक्त विधि हो फोर्स ल्यान्डिङ । काठमाडौं विमानस्थलमा फ्युल बर्न गराएर फोम ओछ्याएर फोर्स ल्यान्डिङको तयारी पनि गरिएको थियो । दमकल र फायर फाइटर तयारी अवस्थामा थिए ।

काठमाडौंको आकशमा १० फन्काे लगाएको विमानको फोर्स ल्यान्डिङ गराउने तयारी भइरहँदा विमानको ल्यान्डिङ गेयरले काम गर्‍यो ।

र जोखिमका बीच क्याप्टेन शेर्पाले विमानको सफल अवतरण गराए ।

 

विमानको ल्यान्डिङ गेयरमा समस्या भएको खबरपछि विमानमा यात्रुहरुको रुवाबासी भएको विमानमा सवार यात्रुले विमानस्थल बाहिर बताएका छन् ।

‘जहाजमा ल्यान्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ । जसअनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेन्डरी इन्डिकेटरमा सबै ठीकठाक रहेको देखियो । ‘सुरक्षामा शून्य सहनशीलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्‍यो’, विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस् : बुद्ध एयरको विमानले यसरी गर्‍यो सुरक्षित अवतरण (भिडियोसहित)

‘काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्यान्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जसअनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिकाअनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो’, बुद्ध एयरद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?